काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक घटेको छ । २११ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज कुमारी बैंकको डिबेन्चर (२०८६) ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन कुमारी सबल योजनाको शेयर झन्डै ३ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्