काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आउँदो डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्याउनुभएको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहनुभएकी हसिनाले पक्राउ, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि निर्णय परिवर्तन नहुने बताउनुभएको हो ।
प्रदर्शनकारीमाथि भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार घटनामा झन्डै १ हजार ४०० जनाको ज्यान गएको थियो । हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामाथि प्रश्न उठाउनुभएको छ ।
बङ्गलादेशले पटक–पटक सुपुर्दगी मागे पनि भारतले उहाँलाई हस्तान्तरण गरेको छैन ।
समाचार संस्था एपीलाई इमेलमार्फत जवाफ दिँदै उहाँले आफ्नै देशको माटोमा र नागरिकबीच मर्न चाहेको बताउनुभएको छ ।
हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो । गएको फेब्रुअरीमा भएको चुनावबाट खालिदा जियाका छोरा तारिक रहमान सत्तामा आउनुभएको छ ।
हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएका तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेका आरोप लगाउनुभएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्