Skip to content

सुकुमबासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन उज्यालो नेपाल पार्टीको माग

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । उज्यालो नेपाल पार्टीले सुकुमबासी तथा भूमिहीन नागरिकलाई वैकल्पिक आवासको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्। विज्ञप्तिमा वैकल्पिक तथा दीर्घकालीन व्यवस्थापन नगरी अचानक सुकुमबासीका घरटहरा भत्काउने, लालपुर्जा वितरणलगायत आश्वासन दिएर महिनौँसम्म अन्योलमा राख्ने र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोज्नु अत्यन्तै गैरजिम्मेवार र अमानवीय कार्य भएको उल्लेख छ।

सरकारको यस्तो कदम संविधानप्रदत्त आवासको हक, सामाजिक न्यायको सिद्धान्त र नागरिकप्रतिको आधारभूत दायित्वविपरीत रहेको पार्टीको ठहर छ।

नागरिकको आश्रय खोस्नुभन्दा सुरक्षित आवास सुनिश्चित गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्दै पार्टीले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या बलपूर्वक विस्थापन र दमनबाट नभई न्यायपूर्ण प्रक्रिया, मानवीय व्यवहार र दीर्घकालीन पुनर्वासबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार