काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत पर्ने सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तार आयोजनाको काम पछिल्लो चार वर्षदेखि जारी छ । सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण कार्य अघि बढेको थियो । साँगा–धुलिखेल ८.४ किमी सडक ४ अर्ब ५ करोड ६४ लाख र सूर्यविनायक–साँगा ७.५ किमी करिब ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो । सूर्यविनायक–साँगा सडकखण्डको काम करिब ५५ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको काम यस वर्ष चैत मसान्तसम्म सक्नुपर्ने सम्झौता छ । आयोजनाको बनेपा बजार क्षेत्रमा मापदण्ड विवादले निर्माण कार्य प्रभावित भएकोमा गत कार्तिकमा समस्या समाधान भएपछि अहिले काम जारी छ । निर्माण कार्य चलिरहेकाले कतिपय ठाउँमा चालक र यात्रुले धुलो र सवारी जामको समस्या भोग्नुपरेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्