Skip to content

यमुना घाटमा प्रवासी चराको चहलपहल, पर्यटकको आकर्षण (तस्बिरहरू)  

कालोपाटी

१३ मिनेट अगाडि

काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीस्थित यमुना घाटमा प्रवासी चराचुरुङ्गीको आगमन बढ्न थालेको छ। साइबेरिया, मङ्गोलिया तथा मध्य एसियाका चिसो क्षेत्रबाट जाडो छल्न हजारौँ किलोमिटरको यात्रा तय गरेर आउने पाहुना चराहरूले यमुना नदी किनारको दृश्य निकै मनमोहक बनेको छ ।

न्यानो मौसम र पर्याप्त आहारको खोजीमा अक्टोबर–नोभेम्बरदेखि भारत आउने यी चराहरू जाडोयाम बिताएपछि  मार्चसम्म पुनः आफ्नो प्रजनन क्षेत्रतर्फ फर्कन्छन्। बिहानीपख उदाउँदो सूर्यको सुनौलो किरण, नदीमाथि फैलिएको हुस्सु र आकाशमा बथान बनाएर उडिरहेका चराहरूले पर्यटक तथा प्रकृतिप्रेमीको ध्यान खिच्ने गरेका छन् ।

यमुना किनारमा साइबेरियन सिगल (ब्ल्याक हेडेड गल र पल्लास गल) तथा ब्राउन हेडेड गललगायतका प्रवासी चराहरू देखिन्छन्। यस्तै, चखेवा (रुडी शेल्डक), नर्दन पिनटेल, नर्दन शोभेलर र बार हेडेड गुजजस्ता विभिन्न प्रजातिका हाँस तथा जङ्गली राजहाँस पनि दिल्लीका नदी तथा सिमसार क्षेत्रमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार