काठमाडौँ । श्रीलङ्काको जलसेनाले समुद्री इलाकाबाट २१ भारतीय मछुवालाई पक्राउ गरेको छ । जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको हो ।
उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको हो । साथै, उनीहरूले प्रयोग गरेका दुई वटा डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जफत गरिएका डुङ्गा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।
नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रमा १८ भारतीय डुङ्गा र १ सय ४६ भारतीय मछुवालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्