काठमाडौँ । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि चेकजाँच शुरु गरिएको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरी उच्च स्रोतले बताएको छ ।
‘उडानको तयारी भइरहेका बेला ३ः१५ बजे विमानमा बम रहेको भन्दै सूचना आएपछि सेना र प्रहरीका तालिम प्राप्त कुकुरमार्फत डग स्निफिङ पनि गरिएको छ ।
पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । ६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्