काठमाडौँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षका गीता कुँवर र कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षका मधु तिमल्सिना अधिकारी रहेका छन् ।
कुँवरले बेलायत पठाइदिने भन्दै आठ जनाबाट १६ लाख पाँच हजार र तिमल्सिनाले तीन जनाबाट सात लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्