काठमाडौँ । जुवातास खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्