काठमाडौँ । सिन्धुलीमा ४१ तोला सुनसहित एक जना पक्राउ परेका छ्न्। सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पर्साका पोखरिया नगरपालिका– ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको ४१ दशमलब ३५ तोला काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए।
उनका अनुसार बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा भिमान चेकपोस्ट चेकजाँच गर्दा साहको साथबाट औठी त्रीहत्तर थान, मंगलसुत्र पाँच थान, झुम्का–टप छ थान, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, मोवाईल एक थान र १९ हजार नगद समेत प्रहरीले बरामद गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्