Skip to content

‘जारी २ : सङ अफ च्याब्रुङ’ तिहारको भाइटीकामा रिलिज हुने

कालोपाटी

३ महिना अगाडि

काठमाडौं । जेनजी आन्दोलनका कारण रोकिएको बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ अब आगामी ६ कात्तिक (तिहारको भाइटीका) मा देशव्यापी प्रदर्शन हुने भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले तीन नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो।

दयाहाङ राई र मिरुना मगर अभिनीत ‘जारी २’ दुई वर्षअघि आएको सुपरहिट फिल्म *‘जारी’*को सिक्वेल हो। पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्