Skip to content

अराजकताको आशंकाबीच आन्दोलन स्थगित

कालोपाटी

२ महिना अगाडि

काठमाडौं । जेनजीहरुकोे एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ ।

एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।

‘साथीहरुले २०८२/०६/२२ गते केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके-जेड का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनटीईके-जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्