Skip to content

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालोपाटी

६ घण्टा अगाडि

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने क्रममा ५ प्रतिशत (५७ हजार ७८८ कित्ता०)सामूहिक लगानी कोषका लागि, १० प्रतिशत (१ लाख १५ हजार ५४६ कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो शेयर’ प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यस आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालेको छ । यसअघि कम्पनीले गत मंसिर २२ गतेदेखि पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्