Skip to content

बालेन र रवि मिलेपछि सेयर बजारमा हरियाली, नेप्से ४७.५५ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो !

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ५५ अङ्कले बढेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ ।

विशेषगरी विकास बैंक, फाइनान्स र अन्य समूहका शेयर २ प्रतिशतभन्दा बढीले बढेका छन्। कुल २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर घटेको छ।

कम्पनीगत रूपमा मिड सोलु हाइड्रोपावरको शेयर सबैभन्दा बढी, साढे ९ प्रतिशतले बढेको छ। तर विन नेपाल लघुवित्तको शेयर भने १० प्रतिशतले घटेको छ।

करोबारको दृष्टिले पनि बजार सक्रीय देखिएको छ। आज ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर ५ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ, जुन अघिल्लो बुधवारको ३ अर्ब २२ करोडको कारोबारभन्दा उल्लेखनीय रूपमा बढी हो।

विशेषज्ञहरूले बजारको हालको उचाइलाई  लगानीकर्ताको सकारात्मक भावना र कम्पनीगत नतिजासँग जोडेर हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्