काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समय तोकेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दलहरूले पुस १३ र १४ गते आयोगमा बन्दसूची पेस गरेका थिए। आयोगले पुस १५ गते दलहरूलाई उम्मेदवार नाम छानबिन गरी सच्याउन सूचित गरेको थियो।
यस अवधिमा उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा पुस २८ गते निवेदन दिन सक्नेछन्। पुस २९ मा आयोगले नाम फिर्ता लिएको जानकारी दलहरूलाई उपलब्ध गराउनेछ र कात्तिक ३० गते सोही समूहका अर्को उम्मेदवारलाई मनोनीत गर्ने समय दिएको छ।
आयोगले माघ ४ गते अन्तिम नामावली प्रकाशित गर्ने योजना बनाएको छ। माघ ५–१० गते उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध निवेदन दिन सकिनेछ भने माघ ११–१७ गते आयोगले उजुरीको छानबिन गरी निर्णय लिनेछ। अन्ततः माघ २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्