काठमाडौँ । बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
नगर भवन निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेश राज रेग्मीलगायत १४ जनाविरुद्ध आरोप–पत्र दायर गरिएको हो।
ठेक्का प्रक्रियामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियतपूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको तथा बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको ठहर गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध ३ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले दायर गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुल उपरको माग दाबी गरिएको छ। तत्कालीन नगरप्रमुख शाहसहितका प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानि–नोक्सानी पुर्याउने उद्देश्यले उक्त कार्य गरेको अख्तियारको ठहर छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्