Skip to content

पूजा महतोलाई वर्षको उत्कृष्ट युवा खेलाडी अवार्ड

कालोपाटी

१ दिन अगाडि

काठमाडौं – राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य पूजा महतो नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा प्रदान गरिने स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छिन्।

पोखरामा आयोजित समारोहमा महतोले यो अवार्ड प्राप्त गरेकी हुन्। पूजाकै कप्तानीमा १९ वर्षको नेपाली टोली पहिलो पटक महिला विश्वकपमा छनोट भएको थियो।

यो अवार्डका लागि पूजासहित एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समिर तामाङ मनोनित थिए।

साथै, नेपालका पुरुष र महिला खो खो टोलीहरूलाई वर्षको टोली घोषणा गरिएको छ। भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा दुवै टोली उपविजेता बनेका थिए।

प्रतिक्रिया दिनुहोस्