काठमाडौँ । विभिन्न राजनीतिक दल परित्याग गरी ५ सयभन्दा बढी नेता–कार्यकर्ताले उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूमा राष्ट्रिय जनमत पार्टीका नेता त्रिभुवन कुमार सिंह र दाँत रोग विशेषज्ञ डा. साकिल अहमद रहेका छन्।
सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कुलमान घिसिङले नवप्रवेशीहरूलाई खादा ओढाएर र पार्टीको टोपी लगाएर औपचारिक रूपमा स्वागत गरे।
नवप्रवेशी नेता त्रिभुवन कुमार सिंहले घिसिङको नेतृत्व शैली र उज्यालो नेपाल पार्टीको सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डाबाट प्रभावित भएको बताए। सिंहले भने, “उज्यालो नेपालबाटै आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको छु।”
अध्यक्ष घिसिङले भने, “उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि होइन, प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति हो। नयाँ प्रवेशीहरूसँगै देश परिवर्तनको अभियान अझ सशक्त हुनेछ।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्