काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई ५ वर्षका लागि कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ।
देउवा समूहको केन्द्रीय समिति बैठकले तीन नेताहरूलाई पार्टी नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो। कारबाहीमा परेका नेताहरूले भने बहुमत महाधिवेशन प्रतिनिधि आफूहरूको पक्षमा रहेको प्रतिक्रिया दिएका छन्।
यसैबीच, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेको छ। यसले कांग्रेस भित्रको विभाजनलाई अझ स्पष्ट बनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्