काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नगरी नेतृत्व परिवर्तन मात्र गरेको स्पष्ट पारेका छन् । बिहीबार निर्वाचन आयोग पुगेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र यसले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिएको बताए ।
उनका अनुसार विशेष महाधिवेशनबाट पारित नीतिगत निर्णय र नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगलाई औपचारिक रूपमा जानकारी गराइएको छ । ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई मजबुत बनाएको छ,’ उनले भने, ‘नेतृत्व परिवर्तन हुँदैमा पार्टी फुट्दैन भन्ने सन्देश हामीले दिएका छौँ ।’
उपसभापति शर्माले विशेष महाधिवेशनपछि कांग्रेस थप एकजुट र ऊर्जावान् बनेको दाबी गर्दै आयोगले महाधिवेशनको म्याण्डेटअनुसार पार्टीको विवरण अद्यावधिक गर्ने विश्वास व्यक्त गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्