काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेनजी)बीच एकता भएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रीय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
पार्टीका एकता कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे ।
जेनजी आन्दोलनले जन्माएको राष्ट्रिय परिवर्तन र उज्यालो पार्टी एकता भएको जानकारी गराउँदै उनले अब उज्यालो पार्टी नयाँ शक्तिको रुपमा उदाएको बताए ।
उनले भने,‘यो उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि उदाएको सबैभन्दा नयाँ पार्टी हो । यो आन्दोलनले जन्माएको पार्टी हो । योसँगै राष्ट्रिय परिवर्तन पार्टीपनि नयाँ पार्टी हो ।
यी आन्दोलनले जन्माएको दुई नयाँ पार्टी मर्ज भएको छ । यो उज्यालो पार्टी नै नयाँ शक्तिको रुपमा उदाएको छ ।’
उनले जेनजीहरुको भावना र मागलाई सम्बोधन गर्ने नयाँ जोशकासाथ आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्