Skip to content

रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ। गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार घटना भिमसेन थापा गाउँपालिका–३ मा राति भएको हो। अज्ञात व्यक्तिहरूले गाडीको पछाडिको सिसा फुटाएका छन्।

डीएसपी श्रेष्ठले भने, “गाडीमा सवार व्यक्तिहरूलाई कुनै प्रकारको शारीरिक क्षति पुर्याइएको छैन। नियोजित समूहले मात्रै गाडीमा तोडफोड गरेको देखिन्छ।”

बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम भएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार