Skip to content

मिदी भाइको रुपमा भाइरल नवराजले यसपटक साँच्चै म्यादी प्रहरीमा आवेदन दिए, आवेदन दिँदा प्रहरीले पनि चिने !

कालोपाटी

१८ मिनेट अगाडि

कपिलवस्तु – टिकटकमा भाइरल बनेका ‘सागर, बसन्ते, किस्ने…’ संवादले चर्चित नवराज रेग्मीले यसपटकको निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन दिएका छन् ।  कपिलवस्तुको वाणगंगा नगरपालिका–३, झुगागाउँका १९ वर्षीय नवराजले बिहीबार तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीका लागि आवेदन दिएका दिएका हुन् ।

०७९ सालको प्रतिनिधिसभा निर्वाचनका बेला म्यादी प्रहरीको पोसाकमा बनाएको टिकटक भिडियो भाइरल भएपछि नवराज ९ दिन प्रहरी हिरासतमा बसेका थिए । पछि उनले अदालतबाट सफाइ पाए ।

हाल कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत नवराज पढाइ खर्च जुटाउन राइड सेयरिङ सेवा गर्दै आएका छन् । निर्वाचन प्रहरीमा भर्ना भए कन्टेन्ट क्रिएटर बन्ने सपना पूरा गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार