काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले घटनाबारे प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरेका छन् भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा शेयर भएको स्क्रिनसट सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। त्यसपछि त्रिविको व्यवस्थापन संकायले साइबर ब्युरोसँग अनुसन्धानका लागि औपचारिक अनुरोध गरेको थियो।
यस घटनाको सत्यतथ्य पत्ता लगाउन त्रिविले तीन सदस्यीय छानबिन समिति पनि गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्