काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विभिन्न जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन नागरिकहरूलाई निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा दर्ता भएका इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। हातहतियार र त्यसमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा स्थानीय प्रशासन कार्यालयमा बुझाउन सकिने छ।
त्यसैगरी, रुपन्देही जिल्ला प्रशासनले माघ १५ गतेभित्र र लमजुङ जिल्ला प्रशासनले माघ २० गतेभित्र हातहतियार बुझाउन सूचना जारी गरेको छ। लमजुङमा करिब एक हजार व्यक्तिसँग इजाजतप्राप्त हातहतियार रहेका छन्।
स्थानीय प्रशासनले व्यक्तिगत सुरक्षा वा अन्य कारणले हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि फिर्ता लिन सकिने व्यवस्था रहेको जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्