काठमाडौं । नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका सहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ।
शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ । काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्