Skip to content

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा पौडेल

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसै बैठकले सुतिखोला जलविद्युत आयोजना, तामाकोशी, माथिल्लो संखुवासभालगायतका विभिन्न जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार