Skip to content

निर्वाचन र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअगाडि घृणाजन्य अभिव्यक्तिहरू बन्द गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा, विगत केही दिनयता राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूले अमर्यादित आरोप र घृणाजन्य अभिव्यक्ति दिएको देखिएको भन्दै यसले शान्ति सुरक्षामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ।

संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको भए पनि अरुको मर्यादामा चोट पुग्ने र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्तिलाई स्वतन्त्रताको दायरामा राख्न नसकिने आयोगको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार