Skip to content

सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक, नयाँ रेकर्ड कायम

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्य ९ हजार ५०० रुपैयाँले वृद्धि भएसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुनु, डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुनको मूल्यमा लगातार दबाब परेको व्यवसायीहरू बताउँछन् ।

यसैबीच चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार चाँदीको मूल्य तोलामा ७ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा ६ हजार ८७० रुपैयाँ थियो ।

महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै नेपाली बजारको इतिहासमै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार