Skip to content

वीरगञ्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौँ । वीरगञ्ज भन्सारमार्फत चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य बराबरको सात थरिका दलहनजन्य खाद्यान्न आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, गत आर्थिक वर्षको समान अवधिसँग तुलना गर्दा चालु आवमा दलहन आयात ३१ प्रतिशतले वृद्धि भएको हो। गत आवको छ महिनामा सात थरिका दलहन खाद्यान्नको आयात रु पाँच अर्ब ८३ करोड भएको थियो।

चालु आवको छ महिनामा आयात भएको प्रमुख दलहनमा रु तीन अर्ब ८२ करोडको मुसुरो दाल, रु एक अर्ब १७ करोडको सिमी–राज्मा, रु एक अर्ब १४ करोडको चना, रु एक अर्बको अन्य गेडागुडी, रु २७ करोडको रहर दाल, रु १६ करोडको केराउ र रु पाँच करोड १० लाखको बकुल्ला रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार