काठमाण्डौ । आईसीसी टी–२० विश्वकप खेल्न भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग चेन्नईमा अभ्यास खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार बेलुका सवा ५ बजे शुरू हुनेछ।
विश्वकप तयारीका क्रममा नेपालले दोस्रो अभ्यास खेल पर्सि बिहीबार क्यानडासँग खेल्ने कार्यक्रम रहेको छ। यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग र भारतमा एमसीए प्रेसिडेन्ट–इलाभेनसँग समान तीन–तीन वटा अभ्यास खेल खेलेको थियो।
आईसीसी टी–२० विश्वकपका लागि नेपालले कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। विश्वकपमा नेपालले भारतको मुम्बईमा समूह चरणका सबै खेल खेल्नेछ।
नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा हुनेछ। नेपालले माघ २५ गते आइतबार इङ्ल्यान्डसँग खेल्दै टी–२० विश्वकपको यात्रा शुरू गर्नेछ।
टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्