काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ ।
यहाँका १० मतदान केन्द्र अझै यातायातको पहुँचमा छैनन् । ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हो । यहाँको हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गम मानिएको छ ।
यहाँ हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । करिब ७० बढी मतदातालाई हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा पनि यहाँ हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा यहाँका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक÷एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन् । सडक सञ्जाल नजोडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन् ।
जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएका छन् । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । मुख्य चार दलका व्यक्तिबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढि मतदाता कायम छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन् । जिल्लामा हाल ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्