काठमाडौं । टिकटकर तुलसा अधिकारीले आफूलाई ठगीको जाहेरी दिने चिमोरिया थरका विवाहित व्यक्तिसँग विगतमा अवैध सम्बन्धमा रहेको स्वीकारोक्ति गरेकी छन् । चिमोरियाले आफ्नी श्रीमतीलाई क्यान्सर भएको भन्दै ढाँटेर आफूलाई मायाजालमा पारेको उनको भनाइ छ ।
टिकटकमा नयाँ भिडिओ पोस्ट गर्दै तुलसा चिमोरियासँगको सम्वन्धबारे पहिलोपटक खुलेकी हुन् । आफूलाई ढाँटेर सम्वन्ध राखेको हुँदा यो पनि बलात्कार मानिनुपर्ने उनले तर्क गरेकी छन् ।
उनी भन्छिन्, ‘कसैसँग झूट बोलेर, फकाएर नियतवश गरिने शारीरिक सम्वन्ध पनि बलात्कार त हो नि, कि होइन रु यदि उसले टच नै गरेको हुन्थेन, मेरो जिन्दगीमा आएकै हुन्थेन भने किन डराउँथ्यो त रु’
तुलसाले काल्पनिक कथाजसरी आफ्नै कुराहरु सेयर गरेकी छन् । उनको एकतर्फी कथावाचन यस्तो छः
एकजना छोरी मान्छे एक्लै संघर्ष गरिरहेको हुन्छ । काम गर्दै जाने क्रममा एउटा छोरा मान्छेसँग कुरा हुँदै जान्छ, अफिलियल । त्यो छोरा मान्छेलाई थाहा हुन्छ, यो छोरीमान्छे एक्लै छ भनेर । छोरा मान्छेले एप्रोच गर्छ, त्यो पनि के भनेर भन्दा, ‘मेरो श्रीमती क्यान्सर पीडित छ, ऊसँग धेरै समय छैन । हामी एक अर्कालाई चिनौँ, बुझौँ । तिमी पनि एक्लै रहेछौ, म पनि एक्लै छु । मेरो पनि एउटा बच्चा छ । तिम्रो बच्चालाई पनि बाबाको माया हुन्छ, मेरो बच्चालाई आमाको माया हुन्छ ।’
अनि केटीले आफ्नो साथीको माध्यमबाट उक्त महिलालाई कन्ट्याक्ट गर्छे । महिलाले पनि ‘हो मलाई क्यान्सर भएको’ भनेर भन्छे । यति भनिसकेपछि केटीलाई लाग्छ साँच्चै हो भनेर ।
अनि बिचमा केटीले त्यो छोरामान्छेलाई भन्छे, ‘एकपटक उसलाई नै भेटेर कुरा गरौँ न, यसरी नगरौँ ।’ त्यसो भन्दा केटामान्छेले ‘होइन, उसलाई मर्नुभन्दा अगाडि नै यसरी केटी तयार पार्यो भनेर हर्ट हुन्छ, बरु म तिमीलाई मेरो फ्यामिलीसँग चिनाउँछु नि त’ भनेर केटाले त्यो केटीलाई आफ्नो फ्यामिलीसँग चिनाउँछ । अनि केटी अचानक कामको सिलसिलामा विदेश जान्छे । विदेश जाँदा केटीले त्यो मान्छेसँग उसको श्रीमतीको रिपोर्ट माग्छे क्यान्सरको । त्यो मान्छेले दिन सक्दैन । दिन नसकेपछि त्यो केटीको र त्यो मान्छेको डिस्कस सुरु हुन्छ ।
केटीले ‘तैँले मलाई धोका दिइस्, घरमा बुढी हुँदाहुँदै मसँग लागिस्’ भनेर बेस्सरी झगडा गर्छे । अनि केटामान्छेले त्यो केटीको अगाडि आफ्नो श्रीमतीलाई फोन गरेर सोध्छ, ‘तिमी किमो चढाउन गयौ रु त्यो छोरी मान्छेले सहजै भन्छे, ‘हैन भोलि जान्छु ।’
त्यसपछाडि केटीले सोध्छे, ‘तपाईँको श्रीमतीको किमो चढाउन जाँदा हजुर चाहिँ हस्पिटल किन जानुहुन्न त रु कुन हस्पिटलमा चेकिङ हुँदैछ रु’
‘’भक्तपुरमा’ भनेर जवाफ दिन्छ । ‘ए, कुन डाक्टरलेरु’ केटीमान्छेले सोध्छे । मैले चाहिँ नाम बिर्सिए अहिले ।
श्रीमतीकै मुखैबाट सुनेपछि केटीलाई अलिकति विश्वास लाग्यो । तर डाउट चाहिँ हुँदै गयो किनभने केटी पढेलेखेको थिई । अनि एकदिन दिमाग लगाएर उक्त महिलाको फेसबुक प्रोफाइल खोजी । त्यो लक थियो । टिकटक प्रोफाइल पनि लक थियो । कतैबाट पनि हेर्न नमिल्ने भएपछि कसो–कसो गरेर साथीकै थ्रुबाट टिकटक फेला पर्छ । टिकटकमा उहाँ म्याडम एकदमै हाँसी–खुसी, एकदमै मज्जाको देखिनुहुन्छ । त्यो बेलासम्ममा उहाँलाई तेस्रो स्टेजको किमो चढाइयो भन्ने कुरो थियो ।
अनि फेरि झगडा सुरु हुन्छ । ‘केही पनि नभएको बुढीलाई झुट बोलिस्’ भनेर कुरा सुरु हुन्छ । श्रीमतीले चाहिँ ‘हो’ नै भन्छिन्– श्रीमानसँग, समाजसँग, टिकटकका मान्छेहरुसँग । केही नलागेर त्यो केटी महिलालाई भेट्न घरमा पुग्छे । अगाडि राखेर कुरा गर्छे, ‘तपाईँको श्रीमानको र मेरो यस्तो सम्बन्ध हो, के तपाईँ साच्चिकै बिरामी हो रु’ केटीले डटेर कुरा राख्न पुग्छे किनभने जिन्दगीको सवाल छ । दुइटा छोरी मान्छेको र दुइटा बच्चाको सवाल छ ।
उहाँ म्याडमले ‘हो’ नै भन्नुहुन्छ घरमा पुग्दासम्म पनि । त्यसपछि मसँगै जानुभएको एकजना साथी, भनौँ दिदीले सोध्नुहुन्छ, ‘बहिनी तपाईँले यत्रो किमो चढायो भन्नुहुन्छ, तपाईँको एउटा पनि कपाल झरेको छैन त रु’ ‘अँ, कसै–कसैको झर्दैन रे’ भन्नुहुन्छ उहाँले ।
‘ए’ भन्यौँ, अनि त्यसपछि मलाई उहाँ दिदीले भन्नुभयो, ‘यिनीहरु दुवैजनाको नियत ठिक छैन । यो मान्छेले तँलाई इन्भेस्टमेन्ट गरेको पनि सबै सर्लक्क फिर्ता दे र निस्की । नत्र यो राम्रो हुन्न ।
मैले उहाँ महिलालाई भन्छु, ‘म्याडम, उसले मलाई जे पनि दिएको छ म हजुरको नाममा चेक दिन्छु । तुलसा कलेक्सन मेरो सपना हो । मेरो मिहिनेत हो, मेरो जिन्दगी हो । यो चाहिँ दिन सक्दिनँ ।’
मैले उहाँलाई मौखिक पनि भन्छु । मैले उहाँलाई टेक्स्ट गरेर पनि भन्छु २०२३ नोभेम्बरमा । उहाँ म्याडमले पनि ‘हुन्छ’ भन्नुहुन्छ । पहिला ‘हुन्छ’ भन्नुहुन्छ, अनि पछिबाट चाहिँ उहाँ म्याडमले ‘पसल नै लिन्छु’ भन्नुहुन्छ । मसँग कुनै उपाय पनि थिएन । उहाँको श्रीमानले ‘म मिडियामा आएर पोइजन खान्छु’ भनेर रुन थाल्नुहुन्छ । अनि केटीले भन्छ, ‘तिमी पोइजन खान्छौ भने पनि खाउ, तिमी झुन्डिन्छौ भने पनि झुन्डियौ, त्यो तिम्रो कुरा हो, तर प्लिज मलाई तिमीले रोक्ने काम नगर । मलाई मुभ अन हुन देऊ । मलाई यस्तो टक्सिसिटीमा पर्नु छैन ।’
आफूलाई हुँदै नभएको रोगको नाम दिएर सिम्पेथीलिनुपर्ने के चाहिँ आइपर्यो होला त्यस्तो सिचुएसन रु पछि पसल लग्ने दिन पेपर हुन्छ एउटा । त्यो पेपरमा मेरो तर्फबाट भन्छु, ‘आज उपरान्त मैले पसल दिएँ, म बसेको घर दिएँ ।’ किनभने त्यो घर पनि त्यो मान्छेको नाममा थियो । दिइसके पछाडि उही दिन आधा घण्टा भित्रमा उहाँ म्याडमले अरु तीन–चार वटा महिला बोलाएर भिडियो बनाएर नाच्नुहुन्छ । त्यो भिडियोमा के भनिन्छ भने, ‘बधाई छ म्याडम, तपाईँले तपाईँको श्रीमान् पनि पाउनुभयो, तपाईँको सम्पत्ति पनि पाउनुभयो ।’
संसार विचित्रकै हुँदो रहेछ । सबै श्रीमतीहरु पनि सही हुँदैनन् र सबै श्रीमानहरु पनि सही हुँदैनन् । घरमा श्रीमती छ भनेर जान्दाजान्दै जाने छोरी मान्छे पनि सही हुँदैनन् । तर त्यो छोरीमान्छे कुन परिस्थितिमा छ भन्ने नबुझिकन ब्लेम लगाउनु हुँदैन । त्यो केटा मान्छे र केटीमान्छेको सम्वन्ध थियो । अहिले त्यो मान्छे डराउँछ । यति डराउँछ कि त्यो केटी मान्छेले केही नभन्दा पनि बलात्कारको मुद्दा लाग्न सक्छ भन्ने त्रासले मिडियाभरि खबर फैलाउँछ कि ब्याकमेल गरी भनेर । यदि उसले टच नै गरेको हुन्थेन, त्यो केटी मान्छेको जिन्दगीमा आएकै हुन्थेन भने किन डराउँथ्यो त रु अरुलाई फसाउने चक्करमा निस्किएका मान्छेहरु आफैँ कतिबेला फस्छन् भनेर पत्तो नै पाउँदैनन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्