काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ। मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।
मतदान अधिकृतको अनिवार्य हस्ताक्षर बिना वितरण गरिएको मतपत्र भेटिएपछि दलका प्रतिनिधि र मतदानस्थलमा रहेका सरोकारवालाहरूले आपत्ति जनाएका थिए। त्यसपछि स्थिति स्पष्ट नहुँदासम्म मतदान प्रक्रिया रोकिएको जानकारी प्राप्त भएको छ।
सम्बन्धित निकायले घटनाको छानबिन गरिरहेको र समस्या समाधान भएपछि मात्रै मतदान प्रक्रिया पुनः सुरु गरिने जनाइएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्