Skip to content

एमालेले जितेका ७ क्षेत्र र उम्मेदवार (सूचीसहित)

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ  । काठमाण्डौ  नेकपा एमालेले अहिलेसम्म ७ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । एमालेले जितेका निर्वाचन क्षेत्र र उम्मेदवार यस प्रकार छन् :

एमाले
१. राजेन्द्रकुमार राई, धनकुटा १ मा १८ हजार १३२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका दिनेश राईको १४ हजार २५७ मत प्राप्त ।

२.सुहाङ नेम्बाङ, इलाम २ मा २२ हजार ४२६ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यको १४ हजार ६५० मत ।

३. क्षितिज थेबे, ताप्लेजुङ १ मा १३ हजार ९६२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका गजेन्द्र लिम्बुको ११ हजार ७११ मत ।

४. गणेशसिंह ठगुन्ना, दार्चुला १ मा १८ हजार ८९१ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका धर्मानन्द जोशीको १५ हजार ८३६ मत ।

५. लक्ष्मीप्रसाद पोखरेल, दैलेख २ मा २३ हजार ८८९ मत सहित विजयी । निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीको नौ हजार ५५२ मत ।

६. ऐनबहादुर महर, बझाङमा १८ हजार ५४३ मत सहित विजयी । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई १६ हजार ३०४ मत प्राप्त ।

७. मोहम्मद इस्तियाक राई, बाँके २ बाट २४ हजार ६४७ मत ल्याएर विजयी । निकटम प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठको १८ हजार ६७९ मत ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार