काठमाडौँ । कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ। जुम्लामा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा सुनिश्चित भएको छ।
प्रकाश खड्का को पहलमा उक्त प्रक्रिया अघि बढेको हो। The Council of Gen Z का संयोजक खड्काले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता लाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।
जुम्लाको पातारासी गाउँपालिका–३, लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको जग्गा स्थानीय लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएका हुन्। कार्यक्रममा जिल्ला खेलकुद प्रमुख कबिदत्त न्यौपाने लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
२०७५ सालदेखि रोकिएको यो परियोजना प्रकाश खड्काको सक्रियता र समन्वयपछि पुनः अघि बढ्दै कार्यान्वयनको चरणमा पुगेको हो।
उक्त सेन्टर स्थापना भएपछि कर्णाली क्षेत्रमा उच्चस्तरीय खेल प्रशिक्षणको अवसर विस्तार हुने, स्थानीय तथा राष्ट्रिय खेलाडीहरूको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्