Skip to content

दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा पेसी तोकियो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती विनीता थापाले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परेका थिए । यसअघि बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले कागजात झिकाउने आदेश दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लिखित जबाफबाट खड्कालाई काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप भएको थियो । यस विषयमा के कसो भएको हो भनेर बिहीबार साँझ ५ बजेभित्र लिखित जबाफ अदालतबाट माग्न सर्वोच्चले आदेश जारी गरेको थियो । लिखित जवाफ पेस भएसँगै आजका लागि पेसी तोकिएको हो ।

त्यस्तै दोस्रो पटक हिरासतमा राख्ने गरी भएको म्याद थपको कागजात र अनुसन्धान गरिएका थप कागजातहरू नदेखिएकाले महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार