Skip to content

टिकाको शुभ मुहूर्त कार्यक्रम ललितपुरको पाटनस्थित बगलामुखी मन्दिरमा सम्पन्न (सात तस्विर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । भविष्य फिल्मस् र थर्ड आइ आर्ट्स को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘टिका’ को शुभ मुहूर्त कार्यक्रम ललितपुरको पाटनस्थित बगलामुखी मन्दिर मा सम्पन्न भएको छ ।

शुभ मुहूर्त समारोहमा चलचित्रसँग आबद्ध कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । चलचित्रमा कलाकार प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा र आयुषी ढकाल लगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको कथा शंकर कार्की र चन्दन झा ले तयार गरेका हुन् भने पटकथा विश्वास तिम्सिना ले लेखेका छन् । त्यसैगरी चलचित्रमा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्री को संगीत रहने बताइएको छ । ‘स्टेटलेस सोल’ अर्थात् राज्यविहीन आत्माको कथावस्तुमा आधारित चलचित्र ‘टिका’ सामाजिक तथा भावनात्मक विषयवस्तुमा केन्द्रित रहने निर्माण टिमले जनाएको छ ।

मुहूर्तसँगै चलचित्रको औपचारिक निर्माण कार्य सुरु भएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन छिट्टै विभिन्न स्थानमा गरिने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार