Skip to content

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

कालोपाटी

३६ मिनेट अगाडि

काठमाडौं । सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ ।

सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।

अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

दू्तमार्गको ४० पुल र ४ सुरुङ दु्रतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।

कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार