काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने नगर प्रहरीमाथि कुनै जाहेरी नपरेपछि छुटेकी छन् । उनीमाथि कुनै मुद्दा चलाइएको छैन ।
बिहीबार त्रिपुरेश्वरमा आफ्नो मोटरसाइकलमा ह्वील लक लगाएपछि गणेशले महानगर प्रहरीकी एक महिलासँग विवाद गरेका थिए । त्यसपछि उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीको पेट्रोल शरीरमा छर्किएर आगो लगाएका थिए ।
जिल्ला प्रहरी परिसर, भद्रकालीले ती महिलासहित महानगर प्रहरीका पाँचजनालाई शुक्रबार सोधपुछका लागि कार्यालयमा झिकाएको थियो । त्यही दिन नेपालीको उपचारका क्रममा निधन भएको थियोे । निधनपछि प्रहरीले तीमध्ये तीन जनालाई नियन्त्रणमा लिएको जनाएको थियोे । तर, अहिले उनीहरू प्रहरी हिरासतमा छैनन् ।
काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरू घटना विवरण बुझ्नका लागि बोलाइएका थिए । त्यसपछि आवश्यक परेको समयमा उपस्थित हुने गरी पठाइए ।
मृतकको परिवारले कोही(कसैलाई इङ्गीत गर्दै आत्महत्या दुरुत्साहन मुद्दा दिएमा अनुसन्धान हुने भट्टराईले बताए । तर, हालसम्म त्यस्तो कुनै जाहेरी वा निवेदन आएको छैन ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्