काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ ।
अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो ।
दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए । ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।
यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । अब अर्जेन्टिनाले युरोपेली च्याम्पियन स्पेनसँग आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनल खेल्ने छ । इङ्ल्यान्डले शनिबार तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्