काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८.०७ अङ्कले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ । नेप्से लगातार चौथो कारोबार दिन बढेको हो ।
आज फाइनान्स र व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा निर्जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज १९५ वटा कम्पनीको शेयर बढेकोमा ७९ वटाको घटेको छ । ४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज प्योर इनर्जीको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर १५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ३ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार कित्ता शेयर ३ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्