काठमाण्डौ । लगातार ४ कारोबार दिन बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.४३ अङ्कले घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज १९२ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्