काठमाडौँ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८ आभेर १ बलमा ६० रनमा अलआउट भयो ।
ओमानका जतिन्दर सिंहले ४१ बलमा २५ र जितेन रामानन्दीले ४२ बलमा १३ बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर चल्न सकेनन् । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३, ललित राजवंशी र रोहितकुमार पौडेलले समान २ विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभल टस हारेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा अलआउट भयो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ र बसिर अहमदले ८८ बलमा ४७ रन बनाए । ओमानका जय विराम ओडेदारा र हसनैन शाहले समान ३, मोहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले समान १ विकेट लिए ।
आजै भएको अर्को सेमिफाइनल खेलमा यूएईले हङकङलाई ७ विकेटले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । उपाधि टोलीले सन् २०२७ मा एसिया कपमा सहभागि हुन पाउनेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्