Skip to content

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

कालोपाटी

२ घण्टा अगाडि

काठमाण्डौ । सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली ९एफडब्लुसीएमएस० मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।

मलेसिया रोजगारीमा सिन्डिकेट गर्न लागिएको आशंकामा वैदेशिक रोजगार विभागले एफडब्लुसीएमएस प्रणालीमा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५ वटा इजाजतपत्रप्राप्त संस्थालाई प्रणालीसँगको आबद्धता निरन्तरता नदिन निर्देशन दिएको हो ।

साथै, आबद्ध संस्था आफू प्रणालीबाट बाहिर निस्किएको तथ्यगत जानकारी प्रमाणसहित पेस गर्न तथा नयाँ रूपमा आबद्ध नहुन निर्देशन दिएको छ । ती संस्थाका सहयोगी संस्थाका रूपमा सूचीकृत भएका भनिएका २५० संस्थाको मलेसियासम्बन्धी नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि तत्कालका लागि रोक्का गरिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा २०८३ भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार विभागले पछिल्लो कदम चालेको जनाएको छ । यसअघि मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीमार्फत मात्र श्रमिक लैजाने भन्दै सूचीकृत गरेको थियो । त्यो सिन्डिकेट भएको भन्दै व्यवसायीले विरोध गदै आएका छन् ।

मन्त्रालयले मलेसियासँगको श्रम आप्रवासनसम्बन्धी विषयलाई दुई देशबीचको सरकार–सरकार संवादमार्फत समाधान गर्न प्रशासनिक तथा कूटनीतिक पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार