काठमाण्डौ । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।
सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो ।
आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज पनि चाँदीको भाउ घटेको छ ।
हिजो तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलामा ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्