Skip to content

सुप्रिया आचार्यको अभिनय रहेको ‘दशैँको माहोल’ आयो

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । दशैँको रमझमलाई केन्द्रमा राखेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक भएको छ। सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनय रहेको गीतमा राजु परियार र पम्फा बान्जाडेको स्वर सुन्न सकिन्छ।

अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीत र एरेन्जमा तयार भएको गीतमा दशैँको उमंगसँगै प्रेम र भावनात्मक कथालाई जोडिएको छ। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा सुप्रिया आचार्यसँगै प्रेम लामा, भैरम श्रेष्ठ र प्रेम बिष्टलगायत कलाकारको अभिनय रहेको छ। सुनिल भण्डारीले छायांकन गरेको भिडियोको पोस्ट प्रोडक्सन राजकुमार मगरले गरेका हुन्।

सञ्चारकर्मसँगै कला क्षेत्रमा समेत सक्रिय आचार्यको अभिनय रहेको ‘दशैँको माहोल’ ले दशैँको सांगीतिक माहोलमा नयाँपन थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार