Skip to content

प्रधानमन्त्री शाहले विहिबार राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि

कालोपाटी

१ घण्टा अगाडि

काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय महासभाको ८१ औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्युयोर्क पुग्नु भएको छ । प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको ८१ औँ सत्रलाई सम्बोधन गर्नुहुनेछ । महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ । विकसित तथा बढी कार्वन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपालजस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड छ ।

यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी र जलवायुजन्य विपद्, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायत विषय महासभामा उठाउनुहुनेछ ।

प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार