काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेकोे छ ।
मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकताअनुसार विद्यालय बिदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ । धेरै ठाउँमा ठूलोदेखि धेरैठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च सम्भावना रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
बालबालिकालाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकलाई सुझाव पनि दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्