Skip to content

नेप्से बढ्यो, कारोबार रकम घट्यो

कालोपाटी

३३ मिनेट अगाडि

काठमाण्डौ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ११.७७ अङ्कले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन समूहको शेयर १.८३ प्रतिशतले उकालो लागेको छ ।

आज १७६ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ । यस्तै ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज नेपाल ल्युब आयलको शेयर साढे १२ प्रतिशतले बढेको छ । समग्रमा बजार उकालो लागेको दिन मिड सोलु हाइड्रोपावरको शेयर साढे ११ प्रतितले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीको १ करोड ७२ लाख कित्ता शेयर ५ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार